Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

विभिन्न जातजातीका भाषाभाषी र मौलिक सँस्कृति मुलुकको गौरव भएको प्रधानमन्त्री देउवाको भनाई


काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न जातजातीका भाषाभाषी र मौलिक सँस्कृति मुलुकको गौरव भएको बताएका छन् । १९ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बिहिबार काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न जातजातीका भाषाभाषी र मौलिक सँस्कृति मुलुकको गौरव भएको बताएका हुन् । उनले ज्यापु समुदायले नेपालमा मौलिक कला, संस्कृति र कला कौशलको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै प्रशंसा समेत गरे । प्रधानमन्त्री देउवाले मौलिक कला र संस्कृतिलाई जोगाउनु सबैको कर्तव्य भएको भन्दै नेपाल सरकारले ज्यापु संस्कृतिको विकासका लागि अक्षय कोष स्थापना गरेको जानकारी दिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले संस्कृति र सम्पदाको जगेर्ना गर्न सकेमात्र पहिचान कायम गर्न राष्ट्रलाई चिनाउन सकिने बताए । उनले सरकारले संस्कृति र सम्पदाको विकास र संरक्षणको लागि अघि बढाएको कामलाई जनस्तरबाट पनि संगसँगै लैजान सकेमात्र संस्कृति र सम्पदाको जगेर्ना गर्न सकिने धारणा राखे । आफ्नो मन्त्रालयले पर्यटन क्षेत्रको विकास गर्न संस्कृति र सम्पदालाई आधार बनाएर अघि बढ्नुपर्छ भन्ने नीति अघि सारेको बताए ।

त्यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले ज्यापू दिवस तथा योमरी पूर्णिमा उपत्यकाको एउटा ठूलो उत्सव भएको भन्दै पूर्खाले स्थापित गरेको मौलिक संस्कृतिलाई लोप हुन नदिनतर्फ सजक हुन आग्रह गरे ।

ज्यापु दिवस एवम् योमरी पूर्णिमाका अवसरमार काठमाडौंका नेवार समुदायले चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित ¥याली निकालेका थिए । ¥यालीमा सहभागीहरु नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए ।

सो ¥याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । नेवार समुदायमा बिहान सबेरै योमरी पकाई देवीदेवतालाई चढाई हर्ष र उल्लासका साथ योमरी पूर्णिमा मनाउने परम्परा छ ।

केटाकेटीदेखि बूढाबूढीसम्मले मनपराउने भएकाले यस रोटीको नाम योमरी रहेको बताइन्छ । नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ। चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रुपमा डल्लो बनाइएको परिकारलाई योमरी भनिन्छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode