Techie IT
  • २१ असोज २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

अनमोल केसी पक्राउ पर्नुको कारण यस्तो छ


काठमाण्डौ । चलचित्र खेल्ने विषयमा विवादमा परेका अभिनेता अनमोल केसी आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको हो । चलचित्र रावायणको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए ।

उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको र थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् ।

उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो । केसीले ‘रावायण’ फिल्मका लागि दस लाख एड्भान्स लिएर साइन गरेका थिए । तर, आफूले साइन गर्दै नगरेको, फिल्ममा सम्झौता नै नभएको भनेर हिँड्दै आएपछि फिल्मकी निर्माता कटुवालले प्रहरी अपराध महाशाखा बानेश्वरमा असोज ८ गते उजुरी दिएकी थिइन् ।

केसीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको यस फिल्ममा सम्झौता गरेका थिए । तर ‘रावायण’लाई छाडेर ‘फर्की फर्की’मा केसीले काम गर्ने पक्का भएपछि आफूलाई धोका दिइएको भन्दै निर्माता कटुवालले उजुरी दिएकी थिइन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode