Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

बालेनविरुद्धको ईः आन्दोलन के हो ?


काठमाण्डौ । फुटपाथ व्यवसायीलाई विकल्पविना विस्थापित गरेको विरोधमा सामाजिक अभियन्ता ईः ७ दिनदेखि काठमाडौं महानगरपालिका अगाडि उभिरहेका छन् । आफूलाई ईः भनेर चिनाउने व्यक्ति निशान श्रेष्ठ हुन् ।

चुनावी वाचा विपरित मेयर बालेन शाह विकल्प विना सडकमा व्यवसाय गरेर दैनिक गुजारा चलाउनेहरुलाई विस्तापित गरेको भन्दै ईः मंगलबार १ बजेदेखि राष्ट्रियसभा गृह अगाडि उभिरहेका हुन् । उनीसँगै उभिएर थुप्रैले साथ दिएका छन् ।

सम्वाद नगरेको भन्दै मेयर बालेनको आलोचना भइरहेको छ । सोमबार भने काठमाडौंका मेयर वालेनले वार्ता गर्ने भन्दै चौरमा दुई कुर्सी राख्न लगाएर आन्दोलनरत पक्षलाई बोलाउन पठाएका थिए । तर पूर्वसूचना नदिइ एक्कासी प्रहरी पठाएर बोलाएकाले उनीहरु गएनन् । बालेनले चुनाबका बेला राम्रा राम्रा प्रतिबद्धता व्यक्त गरे पनि कार्यान्वयन नगरेकाले आन्दोलन गर्न बाध्य भएको ईःले बताएका छन् । फुटपाथ व्यापारीलाई न्याय नभएको उनको भनाई छ ।

सुरुमा ७७ घन्टा भनिएको उनको विरोध कार्यक्रम १२८ हुँदै १९९ घन्टा पु¥याउने घोषणा भएको छ ।

पछिल्लो समय काठमाडौँ महानगरले फुटपाथ व्यवसायीलाई सडकबाट खेदे पनि उपयुक्त विकल्प दिन सकेको छैन । फलतः उनीहरुको रोजीरोटी खोसिन पुगेको छ । तर उनीहरुलाई अधिकार दिन आग्रह गर्दा मेयर बालेन्द्र शाह भने तानशाही शैलिमा प्रस्तुत हुने गरेका छन् । मानवीय मूल्य मान्यता नै भुलेर गरिब दुखीप्रति राज्यको जिम्मेबार निकायमा रहेकाहरु नै निर्दयी बन्नु निन्दनीय छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode