Techie IT
  • २२ असोज २०८१, मंगलबार
  • काठमाडौं
Khoj Mission News

वचतकर्ताको विश्वास जितेको नमस्ते साकोसको १७ औँ वार्षिक साधारण सभा सम्पन्न ।


ललितपुर । ललितपुरको हातिवन स्थित आफनै भवनमा सन्चालित नमस्ते बचत तथा ऋण सहकारी संंस्था लिमिटेडले १७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रामकेशर विष्टको सभापतित्वमा काठमान्डौ महानगरपालिका कानुनी सल्लाहकार शकर पुडासैनीको प्रमुख आतिथ्यतामा नस्मते साकोसको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उक्त अवसरमा अध्यक्ष विष्टले सहकारीले सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु–याएको योगदानबारे चर्चा गर्दै सहकारीको बारेमा भएका अनर्गल हल्लाको पछि नलाग्न आग्रह गरे । समुदायमा आधारित रहेर सहकारीको सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसाथ गरी सञ्चालन भएका सहकारी संस्थाको अवस्था राम्रो रहेको विष्टको भनाई थियो ।

काठमान्डौ महानगरपालिकाका कानुनी सल्लाहकार एंवम कार्यक्रमका प्रमुख अतिथि शंकर प्रसाद पुडासैनीले नमस्ते साकोसले सधै वचतकर्ताको हितमा काम गरेको र सहकारीको सिद्धान्त लाई आत्मसाथ गदै अघि बढ्दै १७ औ वसन्त पार गर्न सफल भएकोमा संस्थालाई बधाई एंवम शुभकामना दिएका थिए । संंस्थाका अध्यक्ष विष्टले उक्त संंस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको साथ र सहयोग तथा कर्मचारीहरुको मेहनत र परिश्रमका कारण सामाजिक मर्म अनुरुप सञ्चालन भई कुशल संस्थाको रुपमा परिचित हुन सफल भएको बताए ।

साधारण सभामा उक्त संस्थाबाट सचिव चन्द्र श्रेष्ठ र अमृता त्रिपाठीले आफनो प्रतिवेदन पेश गरेका थिए । संस्थाको कुल पुँजी ३१ करोड ६९ लाख ६३ हजार ६३६ रुपैयाँ रहेको छ भने कुल लगानी २५ करोड ८१ लख ५१ ह्जार ९ सय ४८ रहेको छ ।


क्याटेगोरी : अर्थ/सहकारी, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode