Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कमा, राष्ट्रसंघको महासभालाई बिहीबार सम्बोधन गर्ने


न्यूयोर्क (अमेरिका) । राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल आइतबार बिहान न्यूयोर्क पुगेका छन् । उनलाई विमानस्थलमा न्यूयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतले जेएफ केनेडी विमानस्थलमा स्वागत गरे ।

यूएनमा नेपालबाट ११ सदस्यीय प्रतिनिधि मण्डल गएको हो भने अमेरिकामा रहेको स्थायी नियोग र दूतावासबाट गरी १४ जनाको सहभागिता रहने छ ।

७८ औं महासभा दुई साताअघि नै सुरु भए पनि उच्चस्तरीय सम्बोधन र छलफलहरु मंगलबारदेखि सुरु हुँदैछ । नेपालको तर्फबाट प्रधानमन्त्री दाहालले यसपटक बिहीबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दाहाल बिहीबार महासभालाई सम्बोधन गरेर शुक्रबार चीन भ्रमणलाई निस्कने छन् ।

नेपालबाट दुई वर्षपछि महासभामा प्रधानमन्त्रीकै तहबाट सम्बोधन हुन लागेको हो । सन् २०१८ मा ७३ औं महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाएका थिए । सन् २०१९ मा ७४ औं महासभामा ओली सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भएका थिए भने सन् २०२० मा कोभिड–१९ को कारण भर्चुअलरूपमा भएको ७५ औं महासभामा तत्कालीन प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गरेका थिए ।

सन् २०२१ मा भएको ७६ औं महासभामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री नारायण खड्का र सन् २०२२ को ७७ औं महासभामा परराष्ट्र सचिव भरतराज पौड्याललाई जिम्मेवारी दिएर सम्बोधन गर्न पठाएको थियो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode