Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

चीन भ्रमणबारे प्रधानमन्त्रीको वृहत छलफल, फलदायी हुने विश्वास


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन । आज सिंहदरबारमा आफ्नो आसन्न चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतसंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले चीन भ्रमण फलदायी र प्रभावकारी हुने विश्वास व्यक्त गरे । भ्रमणका बिषयमा आएका सुझावहरुले आफ्नो भ्रमण प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको जानकारी गराए । त्यस्तै उनले कुटनीतिक तहमा राम्रो छलफल गरेर नै संयुक्त राष्ट्रसंघको महासभाबाट सिधै चीन भ्रमणमा जाने कार्यतालिका निर्धारण गरिएको जानकारी दिए । प्रधानमन्त्रीले आफनो भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध र दुईदेशीय हितका विषयमा केन्द्रित रहेर छलफल हुने बताएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । साउदले प्रधानमन्त्रीले सल्लाह सुझावलाई महत्वपूर्ण रुपमा लिएको जानकारी गराए ।

छलफलपछि एमाले नेता प्रदीप ज्ञवालीले सन्तुलित छिमेक सम्बन्धमा चीनको आशंकालाई दुर गर्न प्रधानमन्त्रीको भ्रमण सफल हुनुपर्ने बताए । छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने तथा विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरुरी रहेको उनले बताए ।

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने तथा नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने धारणा राखे ।

छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, नेताहरू महन्त ठाकुर, सिके राउत, चित्रबहादुर केसी, प्रेम सुवाल, लगायत सहभागि थिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode