पूनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टीको संयुक्त भाकल पत्र सार्वजनिक

काठमाण्डौ । पूनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै ‘दक्ष नागरिक, समृद्ध नेपाल’ को मूल नाराका साथ सो पार्टीले चूनावी घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रलाई भाकल पत्र नाम दिइएको छ ।
कार्यक्रममा पूनर्जागरण पार्टीका अध्यक्ष श्यामबाबु गौतमले पूराना दलले हालै जारी गरेका घोषणापत्रलाइए भ्रमको इन्द्रजालको संज्ञा दिए । उनले आदर्श, मूल्य र मान्यताको राजनीतिलाई बढावा दिएकोले यसलाई आगामी दिनमा पनि कायम राखिने बताए ।
प्रतिवद्धता पत्रमा शिक्षा, रोजगार, लोकतन्त्र, सुशासन, विकास, पर्यावरण, वर्ग एवं पहिचान, विज्ञान, प्रविधि, कला, उद्यम, स्वास्थ्य, स्वतन्त्रता अनि शान्ति, समावेशिता, सहिष्णुता, राष्ट्रवाद र अन्तर्राष्ट्रियवाद सबै विषयलाई युवा पुस्तालाई समेटेर लैजानुपर्ने बिषय समेटिएको छ ।
भ्रष्टाचारी र देशद्रोहीलाई फाँसी दिने कानून ल्याउने, जेल भत्काएर श्रम शिविर बनाउने, सैन्य संगठन सबै खारेज गर्ने, स्वास्थ्य क्षेत्रमा भएको माफियाकरण ध्वस्त पार्नेजस्ता कुरा आफूहरुले अघि सारेको गौतमले बताए ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया