कांग्रेस र मओवादीले परिवर्तन गर्न सक्दैनन् : राजेन्द्र लिङ्देन

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र माओवादीले देशमा परिवर्तन ल्याउन नसक्ने दावी गरेका छन् । शनिबार राप्रपा सुनवल नगर कमिटीले नवलपरासीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र माओवादीलाई भोट दिए पुरानै संरचनामा खेल्ने मौका पाउने र देशमा परिवर्तन नहुने बताएका हुन् ।
गलत पार्टी र गलत व्यक्तिलाई मत दिन नहुने भन्दै उनले यदि गलत पार्टी र व्यक्तिले मत पाए देश र समाजले दुख पाउने भएकाले राम्रो पार्टी र व्यक्तिलाई छानेर मात्र भोट दिन पनि आग्रह गरे । अध्यक्ष लिङ्देनले मंसिर ४ को निर्वाचन देश र नेपाली जनताको भविश्यसगँ जोडिएकाले सामान्य ढङ्गले हेर्न नहुने तर्क गरे ।
उनले तीन दशकदेखी केही सिमित राजनीतिक पार्टी र व्यक्तिले देश कब्जा गरेर राखेको बताउदै देशको विकास र सम्वृद्धिको बाटोमा लैजाना त्यो निर्वाचनमा राप्रपालाई भोट दिएर सहयोग गर्नुपर्ने बताए । उनले देशमा उद्योग धन्दा स्थापना गर्नुको साटो भएका उद्योगधन्दा समेत बेचेर खानहरुलाई यसपटक पाखा लगाउनुपर्ने बताए ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया