Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

समाजवादी मोर्चाको सभा : सामाजिक सद्भावदेखि एमसीसीसम्मको चर्चा


बुटवल । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अबको बाटो समाजवादी गणतन्त्र भएकाले यसका लागि बलियो शक्ति आवश्यक रहेको बताएका छन् । मंगलबार समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले त्यही बलियो शक्ति निर्माणका लागि समाजवादी मोर्चा बनाइएको पनि स्पष्ट पारे ।

तत्कालीन नेकपा माओवादीले २०६२ सालमा चुनबाङ बैठकमा गरेका निर्णयको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले त्यतिबेला आफूहरुले अघि सारेका कतिपय प्रश्नको हल भइनसकेको पनि बताए । अहिले गणतन्त्र जनताको बनाउने वा बुर्जुवाको भन्ने लडाइँ जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यही फैसला गर्नका लागि समाजवादी मोर्चा बनाइएको उल्लेख गरे ।

अहिले प्रतिक्रियावादीहरुले जातीय, धार्मिक सद्भाव भड्काएर परिवर्तन उल्ट्याउन चाहेकाले प्रतिक्रान्तिकारी संकटबाट बिचबाट समाजवादी क्रान्तिलाई अघि बढाउनुपर्नेमा जोड दिए । समाजवादी मोर्चा सरकार, सदन र सडकबाट एकैसाथ अघि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रक्रियावादीहरु परिवर्तनविरुद्ध लागिरहे भने लाखौं जनतालाई समाजवादमा प्रशिक्षित गरेर अघि बढ्नुपर्ने बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीति, आर्थिक, सामाजिक र सास्कृतिक परिवर्तनका लागि मोर्चा आवश्यक परेको बताए । एमसीसीलाई हिन्द महासागरीय रणनीतिअन्तर्गत स्वीकार गर्न नसकिने उल्लेख गर्दै उनले संसदले पारित गरेको ब्याख्यामक टिप्पणी स्वीकार नगरिए त्यसमा जान नसकिने स्पष्ट पारे ।

देशभन्दा माथि सरकार नहुने उल्लेख गर्दै उनले एमसीसीबारे सबै प्रष्ट हुनुपर्ने बताए । त्यस्तै नेकपाका महासचिव विप्लवले अब एउटा पार्टीले मात्रै लडेर जनताको विजय प्राप्त गर्न सम्भव नभएकाले मोर्चाको अवधारणा अघि सारिएको बताए ।

कार्यक्रममा समाजवादी मोर्चाले लुम्बिनी प्रदेश समन्वय समिति घोषणा गरेको छ । जसमा मोर्चा सम्बद्ध दलबाट तीन तीन जना नेता रहेका छन् ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode