Techie IT
  • २१ असोज २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

७ दलले सिंहदरबारमा बसेर गरे सहमति – सुन तस्करी छानबिन गर्न जाँचबुझ आयोग गठन गरिने


ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउनका लागि सहमति जुटेको छ । आज [बुधबार] प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा दलका शीर्ष नेताहरुबीच संसद् खुलाउने विषयमा दुई बुँदे सहमति भएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेता उपस्थित थिए ।

एक क्वीन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय समितिको माग गर्दैै एमालेले तीन हप्ताभन्दा लामो समयदेखि संसद् अवरोध गरिरहेको थियो । अन्ततः दलका नेताहरुबीच उक्त प्रकरणको छानविनका लागि समिति बनाउने सहमति जुटेको हो । प्रतिनिधि सभा बैठक आज दिउँसो तीन बजे बस्ने कार्यतालिका छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode