Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

गलत काम गर्ने सांसदलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्छ : प्रदिप पौडेल


काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘बृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । काठमाण्डौ क्षेत्र नम्बर ५ को नेपाली कांग्रेसका उम्मेदवार पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने बताए ।

उनले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । पौडेलले निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताएका छन् । मतदाताले पाँच बर्षका लागि चूनेर पठाएको जनप्रतिनिधिले सो अवधिमा गलत काम गरे उनलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था नेपालमा हुनुपर्ने बताए ।

उनले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । कार्यक्रममा अर्थशास्त्री एवं नेपाली कांग्रेसका नेता डा. स्वर्णीम वाग्लेले नेपाली कांग्रेसभित्रका आशालाग्दा नेताहरुले अब युवाहरुको प्रतिनिधित्व गर्नुपर्ने बेला आएको बताए । त्यसैगरी वरिष्ठ कलाकार नीर शाहले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आगामी नेपालको परिकल्पनाकार भएको बताएका छन् ।


क्याटेगोरी : देश, प्रमुख समाचार
ट्याग : #Pradip Poudel

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode