Techie IT
  • ३१ जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

माओवादी केन्द्रको ३ महिने अभियान : ललितपुरमा तोकियो ६ केन्द्रीय सदस्य


ललितपुर । जनतासँग माओवादी रूपान्तरण विशेषु तीन महिने अभियानमा ललितपुर जिल्लामा ६ केन्द्रीय सदस्य तोकिएको छ । ललितपुर महानगरपालिकामा सरल सहयात्री, महालक्ष्मी नगरपालिकामा नारायण विडारी, गोदावरी नगरपालिकामा ज्ञानु बस्नेत, महांकाल गाउँपालिकामा विना न्यौपाने, बागमती गाउँपालिकामा पल्हाद लामिछाने र कोन्ज्योसोम गाउँपालिकामा ओनसरी घती मगर खटिएको माओवादी केन्द्र ललितपुरका संयोजक शिवप्रसाद कट्टेलले जानकारी दिए ।

गत साउन९१७–२१० सम्म राजधानीको कमलादीमा बसेको माओवादी केन्द्रको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ चलाउने निर्णय गरेको थियो । बैठकको निर्णय समेटेर माओवादीले २५ लाख जनता÷मतदातामा पुग्ने गरी ३ चरणमा अभियान सम्पन्न गर्नेगरी कार्ययोजना बनाएको छ । पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण तथा विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तयार गर्नेछ ।यस्तै योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनको लागि कोष निर्माण पनि पहिलो चरणमा गर्नेछ ।

यस्तै दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीय स्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया गर्नेगरी कार्यक्रम बनाइएको छ । तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन र एक्यवद्धताका कार्यक्रम सञ्चालन गरिनेछ ।

अभियानको नारा ‘घर घरमा माओवादी, जनजनमा माओवादी’ तय गरिएको छ । यससम्बन्धी जानकारी दिन मातहतका कमिटीमा पठाइएको सर्कुलरमा पार्टी सदस्यता ८ लाख पुर्‍याउने र जनवर्गीय संगठन र मोर्चा सबै कमिटीको बैठक सम्पन्न गर्ने उल्लेख छ । तीन महिने अभियानमा कम्तीमा २५ लाख जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेको कामहरूको जानकारी गराउने उल्लेख छ । यो अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode