प्रतिनिधिसभामा एमालेको अवरोध कायमै, समिति गठनको मागले हंगामा
काठमाण्डौ । सोमबार बसेको प्रतिनिधिसभा बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रभावित भएको छ । अबैध सुन प्रकरणको छानविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै एमालेका सांसद्हरुले नारावाजी गरेपछि बैठक अवरुद्ध हुन पुगेको हो । आजको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परी जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका कांग्रेस सांसद् सुनिल शर्मालाई बोल्न समय दिएका थिए ।
उनी बोलुन्जेल एमाले सांसद्हरुले अवरोध गरेका थिएनन् । सो क्रममा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका थिए । शर्मापछि सभामुख घिमिरेले एमाले सांसद् मानविर राईलाई बोल्न समय दिए ।
एमाले सांसद्ले सम्बोधन गर्दा आज भने सत्तापक्षले भने अवरोध गरेको थिएन । यद्यपि राइले बोले लगत्तै एमाले सांसद्हरुले नाराबाजी गर्दै संसद् अन्य कारबाही अघि बढाउन दिएनन् । अन्तत सभामुख घिमिरेले आगामी भाद्र तीन गते आइतबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया