Techie IT
  • २० फागुन २०८०, आईतबार
  • काठमाडौं
Khoj Mission News

नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा


ललितपुर । नक्कली प्रमाणपत्र भएको आरोपमा पक्राउ परेका एकजना डाक्टर सक्कली भएको पुष्टि भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ‘सक्कली’ प्रमाणित भएपछि रिहा गरेको छ। साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८ घर भएका डा। रञ्जितकुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेको थियो ।

डा। यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा गरिएको सीआईबीले जनाएको छ । यसअघि नाम जुधेको आधारमा सीआईबीले डा। रञ्जितलाई पक्राउ परेका थिए । मेडिकल काउन्सिलले नाम जुधेका दुईजना मानिस अलग हुन भनेर पत्र लेखेर पठाएको थियो ।

ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् । यादव पनि रिहा भएपछि अब अरू ६ जना चिकित्सक सीआईबीको हिरासतमा छन् ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode