Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

शिक्षा सम्बन्धी ऐन सच्याउँछु : प्रचण्ड


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा सम्बन्धी ऐनलाई सच्चाएर मात्रै अघि बढाइने बताएका छन् । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा आएको शिक्षा सम्बन्धी ऐनमा केहि त्रुटी देखिएको भन्दै त्यसलाई सच्चाएर मात्रै अघि बढाइने बताएका हुन् । उनले विधेयकमा रहेको केही कमजोरी सच्याउने प्रक्रिया सुरु भएकोसमेत जानकारी दिए ।

त्यस्तै प्रधानमन्त्रीले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको पनि बताए । संविधानमा लेखिएका मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र आमनागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सरकार केन्द्रीत रहेको उनको दाबी छ ।

त्यस्तै स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले अव कुनै पनि नागरिकताले सहज उपचार नपाएर मृत्युवरण गर्न नपर्ने बताए । उनले द्वन्द्वका बेला भएका घाइतेहरुको उपचारका लागि मन्त्रालयले उचित पहल गर्ने जिकिर गरे । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्री बस्नेतको १०० दिनमा स्वास्थ्य क्षेत्रमा भएका सुधारका पहलहरु समेटिएको पुस्तीका सार्वजनिक गरेका थिए ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode