विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ

ललितपुर । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकार दिएको छ । पाण्डेमाथी मगर र तामाङ समुदायप्रति लक्षित गरी विवाहबारे अभिव्यक्ति दिएको आरोप छ।
अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। बुधबार नै उनलाई पक्राउ गर्नुपर्ने माग राख्दै परिसर अगाडि नेपाल मगर संघ र नेपाल तामाङ संघले प्रदर्शन गरेको थियो ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया