Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

नयाँ मूल्य सूचि : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो


काठमाण्डौ । पछिल्लो मूल्यसूची अनुसार भारतबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुची अनुसार डिजेल, पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको हो । निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मट्टितेलमा साढे सात रुपैयाँ बढेर आएको छ ।

त्यस्तै हवाइ इन्धन साढे आठ रुपैयाले बढेको छ । एलपी ग्यासको मूल्य भने १०० रुपैयाँ घटेर आएको छ । स्वचालित मूल्य प्रणाली लागू गरिएकोले सोही अनुसार मूल्य समायोजन हुने निगमले जानकारी दिएको छ । जसअनुसार अब पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रति लिटरमै करिब १० रुपैयाँसम्मले बढ्ने भएको छ ।

खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने छ । स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार डिजल, पेट्रोल र मट्टीतेलमा भारतबाट घटेर वा बढेर आएको मूल्यमा कर थपेर निगमले २ प्रतिशत मात्रै नाफा राखेर नयाँ मूल्य तोक्न पाउँछ ।


क्याटेगोरी : अर्थ/सहकारी, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode