प्रधानमन्त्रीको निवास अगाडि डोजर तेर्स्याएर निर्माण व्यवसायीको विरोध प्रदर्शन
ललितपुर । निर्माण व्यवसायीहरूले निर्माण यन्त्र र औजार सहित बालुवाटारमा प्रदर्शन गरेका छन् । मंगलवार उनीहरूले ४ वटा डोजर सहित बालुवाटारमा प्रदर्शन गरेका हुन् । काम गरेको रकम एकैपटक दिनुपर्ने, ठेक्का लिएको काम म्याद गुज्रिए पनि थप्नुपर्ने, उपभोक्ताले गर्ने काम आफैंलाई दिनुपर्नेलगायत ९ बुँदे माग सरकारसमक्ष राखेर निर्माण व्यवसायी बालुवाटार घेर्न गएका हुन्।
विरोध प्रदर्शनमा महासंघ अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्नेलगायत ९ बुँदे मागसहित आन्दोलन थालेको जानकारी गराए। माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ। निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने माग उनले गरे।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया