Techie IT
  • ४ माघ २०८१, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

माओवादीको विधान सम्मेलन मंसिरमा,केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने


ललितपुर । सत्तारुढ प्रमुख राजनीतिक दल नेकपा ९माओवादी केन्द्र०ले यही साउन १७ गतेदेखि काठमाडौंको प्रज्ञा भवनमा सञ्चालन हुने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण लाइभ गर्ने भएको छ। बैठक लाइभ गर्ने निर्णय भएको पार्टी सचिव दीनानाथ शर्माले जानकारी दिए। उनले लोकतान्त्रिक प्रणालीमा सबैलाई बोल्ने अधिकार भएकाले समय तोकेर बोल्न दिइने पनि बताए ।

केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि सोमबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको उनले बताए। केन्द्रीय कमिटी बैठक पाँच दिनसम्म चल्नेछ। यसअघि नेपाली कांग्रेसले पनि आफ्नो केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेको थियो

यस्तै पदाधिकारी बैठकले आगामी फागुन–चैत्रतिर विशेष महाधिवेशनको प्रस्ताव लैजाने निर्णय गरेको हो ।साथै, माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन पनि गर्ने भएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode