Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

व्यावसायिक भवनहरूले पार्किङ शुल्क लिए ? तत्कालै यो नम्बरमा फोन गर्नुहोस्


ललितपुर । व्यावसायिक भवनहरूले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल गुनासो गर्न काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । महानगरले शुल्क लिएमा सम्पर्क गर्न अधिकारीका रूपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।

आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाइ गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । उनले सेवा लिएका ठाउँबाट पार्किङ्ग शुल्क लिए तत्काल ९८५१०५१६१० मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ गरेबापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।


क्याटेगोरी : अड्डामा खोज मिसन, खोज मिसन, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode