शोकमा प्रधानमन्त्री प्रचण्ड, पत्नी सीता दाहालको निधन अन्त्येष्टि आजै
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ। उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथलीका प्राध्यापक डाक्टर युवराज शर्माले जानकारी दिए। प्रधानमन्त्री पत्नी सीता दाहालको शरीरमा अक्सिजनको मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो।
अस्पतालले उनलाई मृत घोषणा गरेको हो।यस्तै प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रले जानकारी दिएको छ ।दाहालले नेपाली क्रान्तीमा खेलेको भुमिका इतिहासमै अवीस्मरणीय रहनुका साथै दश वर्ष जनयुद्धमा श्रीमान प्रचण्डलाई साथ दिदै उनको हरेक सफलतामा महत्वपुर्ण भुमिका रहेका मावोदावी केन्द्रका नेताहरुले बताउने गरेका छन ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया