Techie IT
  • २५ कात्तिक २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

वैदेशिक रोजगारीमा गएका युवाहरु सुन तस्करमा सहभागी, २ अर्ब ३७ करोड रुपैयाँको सुन तस्करी, १२ जना पक्राउ


काठमाण्डौ । प्रहरीले वैदशिक रोजगारमा गएका कामदारकालाई प्रयोग गर्दै गैरकानुनी रुपमा कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले सोमबार पत्रकार सम्मेलन गर्दै केही रकम र होटल खर्च दिएर वैदशिक रोजगार फर्कने कामदारलाई प्रयोग गरेर कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीका विनोदकुमार साह र उनकी श्रीमती सन्जुकुमारी साह, धनुषाका सुनिलकमार महरा, सिराहाका दिनेशकुमार यादव, कपिलबस्तुका सन्तुगुलाम मुराउ, धनुषाका नेशर पंजियार, बाँकेका भुमबहादुर वली रहेका छन् । त्यस्तै प्रहरीले दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव र निमाई साहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका मध्ये विनोदकुमार साह र उनकी श्रीमतीले सिनामंगलमा होटल संचालन गरेको र सुन संकलन गर्ने काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए । सुन किन्ने, पैसा कतारमा व्यवस्थापन गर्ने काम शिवसुन्दर राउत गर्दै आएको पाइएको छ ।

वैदशिक रोजगारबाट स्वदेश फर्कदा कामदारलाई प्रयोग गरेर ५० ग्रामका दरले सुन ल्याउन लगाउने र त्यसबापत केहि रकम दिने अनुसन्धानबाट खुलेको छ । उक्त समूहले गएको चार बर्षमा मात्रै २ अर्ब ३७ करोड रुपैयाँ बढीको सुन तस्करी गरेको अनुसन्धानबाट देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यस बिषयमा बिभिन्न कोणबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode