Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

सुनको सिक्रि लुट्ने गिरोह पक्राउ, यस्तो छ लुट धन्धाको श्रृखला (तस्विरमा हेर्नुहोस्)


काठमाण्डौ । नेपाल प्रहरीले श्रृखलाबद्ध रुपमा सुनको सिक्रि लुटपाट गर्ने पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै मोटरसाईकलको प्रयोग गरेर बिहानको समयमा मर्निङवाकमा हिडिरहेका महिलाले लगाएको सुनको सिक्रि लुटपाट गर्ने समूहलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

घटनाको अनुसन्धानका क्रममा काठमाडौंको बिभिन्न स्थानमा लुटपाट गर्न प्रयोग भएको मोटरसाइकलसहित रामेछाप घर भई हाँडिगाउ बस्ने रविन दमाई, धरान घर भइ चावाहिल बस्ने रवि विश्वकर्मा, काभ्रे घर भइ बानेश्वर बस्ने उमेश क्षेत्री, धनकुटा घर भइ राममन्दिर बस्ने राहुल माझी र भारत घर भइ न्युरोड बस्ने श्रकान्ता माइतीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए । असार १ गते कपुरधारा, ग्रान्डी चोक, असार ३ गते नागार्जुन बुद्ध चोक, असार १३ गते टोखा बिष्णुमती, असार १९ गते टोखा कृष्ण मन्दिर र काठमाडौं बंगलामुखी मन्दिर, असार २० गते टोखा र चागलमा उनीहरुले सुनको सिक्रि लुटपाट गरेको खुलेको छ ।

प्रहरीका अनुसार पहिलो घटना १ असारको बिहान कपुरधारामा भएको थियो । जहाँ मर्निङ वाक् हिंडिरहेकी रमा पाण्डेले घाँटीमा लगाएको गहना २ जनाले लुटपाट गरेका थिए । त्यही दिन टोखाको ग्राण्डी अस्पताल नजिक लुटपाट भयो । ३ गते बिहान ४ः४५ बजेतिर नागार्जुन बुद्धचोक क्षेत्रमा दुई जनाको समूहले ५५ वर्षीया रेखा घिमिरेको घाँटीमा लगाएको गहना लुटपाट भयो ।

चौथो घटना १३ गते टोखामै भयो । मोटरसाइकलमा आएका दुई जनाको समूहले मंगली माया डंगोलले घाँटीमा लगाएको गहना लुटेर भागेको थियो । १९ गते टोखामै मर्निङ वाकमा निस्किएकी ३४ वर्षीया गंगा राना मगर लुटपाटमा परिन् । उनले घाँटीमा लगाएको सुन चोरिएको थियो ।

छैटौं घटना चक्रपथको बगलामुखी क्षेत्रमा ६० वर्षीया कान्छी श्रेष्ठले लगाएको गहना लुटिएको थियो । २० गते टोखा ३ को शेर्पा पेट्रोल पम्प नजिक रिता श्रेष्ठ लुटपाटमा परिन् ।

पक्राउ परेका मध्ये एक व्यक्तिले व्यवस्थापनको कार्य गर्ने, अर्को व्यक्तिले चोरिको मोटरसाइकल प्रयोग गर्ने र अर्का व्यक्तिहरुले सुनको सिक्रि तानेर भाग्ने गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट सुनको ढिक्का एक थान, सिक्रि लुटपाट गर्न प्रयोग भएको दुईवटा मोटरसाइकल, सुनको नेक्लेस ४७ ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

 


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode