Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

सहकारीको ऋणी र सञ्चालकको विवरण ३० दिनभित्र पठाउन विभागको निर्देशन, नपठाए कारबाही हुने


ललितपुर । सहकारीहरुले १ करोड रुपैयाँभन्दा बढी ऋण लगानी भएका व्यक्ति वा संस्थाको विवरण सहकारी विभागमा पठाउनु पर्ने भएको छ । विभागले एक सूचना जारी गर्दै ऋणीको विवरण ३० दिनभित्र पठाउन निर्देशन दिएको हो ।

त्यस्तै आर्थिक वर्ष २०७८र०७९ को साधारण सभामा उपस्थिति तथा निर्णयको प्रमाणित प्रतिलिपी, लेखापरीक्षण प्रतिवेदन समेत विभागमा पठाउनु पर्ने भएको छ । यस्तै, सञ्चालक समिति, लेखा समिति र व्यवस्थापकको नागरिकको प्रतिलिपीसहित तीन पुस्ते विवरण पनि पठाउन विभागले ३० दिनको समय दिएको छ । विभागले तीस दिनभित्र सम्पूर्ण विवरण नबुझाएमा कानून बमोजिम कारबाही हुने समेत जनाएको छ ।


क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode