Techie IT
  • १० जेठ २०८१, बिहीबार
  • काठमाडौं
Khoj Mission News

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ


काठमाण्डौ । ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालीन प्रमुखसहित २ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले समरजंग कम्पनीका तत्कालिन प्रमुख रमेश पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो । गृह मन्त्रालय मातहतको समरजंग कम्पनीको नाममा ललिता निवासको धेरै जग्गा ल्याइएको थियो ।

सोही जग्गा पछि व्यक्तिका नाममा सारिएको थियो । यो प्रकरणमा हालसम्म पक्राउ परेकाको संख्या ९ पुगेको छ । सीआईबीले आइतबार ललितानिवास जग्गा प्रकरणकै अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको थियो । त्यसअघि ७ जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना छुटेका थिए । ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अनियमिततामा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode