पूर्व सांसद तथा निर्माण व्यवसायी हरिनायारण रौनियार पक्राउ

काठमाण्डौ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । ठगी सम्बन्धी कसूरमा प्रहरी वृत्त, बानेश्वरको टोलीले रौनियारलाई आज पक्राउ गरेको हो । रौनियारविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएको थियो ।
बाँके प्रहरीका अनुसार रौनियार काठमाडौंमा बस्ने भएकाले पक्राउ गरिदिन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई अनुरोध गरिएको थियो । रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । उनी तत्कालिन संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए । सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया