ललितपुरमा पनि बन्यो समाजवादी मोर्चा एकिकृत कार्यक्रम गर्न निर्णय

ललितपुर । समाजवादी मोर्चा अन्तर्गत ललितपुरका चार ओटा राजनीतिक दलहरुले प्रारम्भीक छलफलको सुरुवात गर्दै केन्द्रिय नेताहरूले गरेको निर्णयको स्वागत गरेका छन । शुत्रवार चार राजनितिक दलका जिल्ला नेताहरुको संयुक्त बैठक पछि प्रेस विज्ञप्ती जारी गर्दै मोर्चाको निमार्ण देशको आवश्यकता र जनताको माग भएको मोर्चा आवद्ध केन्द्रिय नेताहरुले खोजमिसन न्युजलाई जानकारी दिए ।
यस्तै प्रारम्भीक छलफल गरेको समाजवादी मोर्चाले औपचारिक कार्यक्रमहरु गर्ने संयोजन समिति गठन गर्न , मोर्चालाई सक्रिय बनाउन यथासिघ्र सचिवालय बैठक बसी चियापान सहितको भेला बोलाउने लगायतका निर्णय गरेको छ ।
विज्ञप्ती जारी गर्दै मोर्चाले नेपाली जनताको बलिदानीपूर्ण संघर्षहरुबाट प्राप्त संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको रक्षा र विद्यमान राष्ट्रिय समस्याहरलाई दीर्घकालिन रुपमा हल गर्दै देशलाई समृद्ध र थप अग्रगमनको दिशा तर्फ अगाडि बढाई वैज्ञानिक समाजवादको स्थापनार्थ गठित समाजवादी मोर्चा नेपाल, नेपाली जनताको भावना, माग र देशको आवश्यकता अनुकूल भएको ठहर गर्दै केन्द्रिय पहल एंव निर्णयको हार्दिक स्वागत गर्दै मोर्चाको घोषीत उदेश्य प्राप्त गर्नका लागि सबै क्रियाशिल भएर अघि बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया