Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

सहकारीको ऋण तिर्न पूर्वसभामुख ओनसरी घर्तीलाई १५ दिने अल्टिमेटम


पूर्वसभामुख तथा माओवादी नेतृ ओनसरी घर्तीलाई धन जमानी बसेर लिइएको ऋण चुक्ता गर्न सहकारीले ताकेता गरेको छ । घर्तीका नाममा ललितपुर,पुल्चोकमा रहेको लालीगुराँस बहुउध्देश्यीय सहकारी संस्था लिमिटेडले १५ दिने सूचना जारी गरेको हो । घर्तीले आफू जमानी बसेर रुकुम घर भएर हाल काठमाडौंको बानेश्वर बस्दै आएका ३४ वर्षीय केशव रावलको नाममा ऋण लिएकी थिइन् । तर,रावलले सहकारीबाट लिइएको उक्त ऋणको साँवा, किस्ता र ब्याज लामो समयदेखि नतिरेपछि तीन पुस्ते विवरणसहित अल्टिमेटम दिनुपरेको सहकारीले खोजमिसन लाई जानकारी दिएको छ ।

सहकारीले २०७९ कात्तिक ५ गते ऋण चुक्ताका लागि २१ दिने सूचना निकालेको थियो । उक्त सुचना जारी भएपनि ऋण चुक्ताका लागि कुनै चासो नदेखाएको र सहकारीमा ऋणको साँवा र किस्तासमेत आउन छोडेपछि २१ दिने सूचना निकालिएको हो । पत्रिकामा प्रकाशित सूचनामा भनिएको छ ,सूचना प्रकाशित मितिले १५ दिनभित्र संस्थालाई बुझाउनुपर्ने बाँकी रहेको सम्पूर्ण रकमसमेत चुक्ता गर्नुहोला । अन्यथा,ऋणी तथा व्यक्तिगत जमानी बस्ने व्यक्तिहरुको चल अचल सम्पत्तिहरुबाट र कानुनबमोजिम निजहरुको घर घरानाबाट समेत असुल उपर गरिने व्यहोरा सूचनामा उल्लेख गरिएको छ ।

 


क्याटेगोरी : अर्थ/सहकारी, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode