Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

ललितपुरको बाहुनधारामा बस दुर्घटना


ललितपुर । ललितपुरको लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको छ । लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस बिहान महालक्ष्मी नगरपालिका बाहुनधारामा दुर्घटना भएको हो ।

अनियन्त्रित भई बस सडकमै पल्टिंदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ । प्रहरीका अनुसार बसमा २४ जना सवार थिए तर, दुर्घटनामा घाइतेहरू संख्या र पहिचान यकिन भइनसकेको प्रहरीको जानकारी दिएको छ । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्‍याइएको छ ।


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode