Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदन भएपछि प्रधानन्यायाधीश नियुक्त, १७ दिन मात्र समय


काठमाण्डौ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम प्रधानन्याधीशका लागि अनुमोदन गरेसँगै उनी प्रधानन्यायाधीश नियुक्त भएका छन् । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले कार्कीसंग प्रश्नोत्तर गरेपछि प्रधानन्याधीशका लागि अनुमोदन गरेको हो । समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले नेपालको प्रधानन्यायाधीश पदमा संसदीय सुनुवाइपछि कार्कीको नाम सर्वसम्मतरूपमा अनुमोदन भएको जानकारी दिए ।

त्यसअघि बैठकमा समिति सदस्यहरुले न्यायालयप्रतिको भरोसा र विश्वासलाई अघि बढाउनका आगामी दिनमा हुने योजनाका बारेमा प्रश्न गरेका थिए । सांसदहरुको प्रश्नको जवाफ दिदै कार्कीले नागरिकलाई संविधानले दिएको मौलिक अधिकारको संरक्षण र सम्पत्तिसम्बन्धी अधिकारका विषयलाई प्राथमिकतामा राखेर न्यायपालिकाले काम गरिररहेको बताए । उनले कानुन र प्रमाणका आधारमा न्याय निरुपण हुने भन्दै न्यायाधीश घटनाको साक्षी बन्न नसक्ने जिकिर गरे ।

सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेपछि कार्कीले न्यायलय सुधारका लागि थालिएका कदमलाई निरन्तरता दिने बताए । कार्कीले पञ्चबर्षिय रणनीतिक योजना र बार्षिक कार्ययोजनालाई कार्यान्वयमा लैजादै न्यायलय सुधारका लागि थालिएका कदमलाई निरन्तरता दिने बताएका हुन् । आफ्नो कार्यकाल छोटो हुनु र नहुनुले कुनै असर नपर्ने भन्दै आफु पछि पनि सुधारका योजनालाई कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

समितिले अनुमोदन गरेपछि आजै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई नियुक्त गरेर सपथ खुवाएका थिए । कार्की नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश बन्ने भएका छन् । कार्कीले प्रधानन्यायाधीशका रुपमा जम्मा ५० दिन सेवा गर्न पाउने देखिएको छ । उनी २०८० साउन २० गतेबाट ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन् । प्रधानन्यायाधीशका रुपमा ५० दिन पदमा रहने भए पनि कार्कीले इजलासमा भने २० दिनमात्र बिताउन पाउनेछन् ।

२० दिनमा पनि ३ दिन शनिबारको बिदा परेको कारण इजलासमा बस्न उनीसँग १७ दिनको मात्र समय रहनेछ । अवकाशमा जाने समयभन्दा कम्तीमा एक महिना पहिलेदेखि न्यायाधीश वा प्रधानन्यायाधीशले मुद्दा नहेर्ने चलन रहेका कारण कार्कीले असार २० गतेपछि इजलासमा बसेर मुद्दाको पुर्पक्ष गर्ने छैनन् ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode