Techie IT
  • ३ चैत्र २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

शरणार्थी प्रकरण : दुई पूर्वमन्त्रीसहित १६ जना जेल चलान


काठमाण्डौ । जिल्ला अदालत, काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरू बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनछेक बहसपछि शुक्रबार मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तहरूलाई थुनामा राख्ने आदेश दिएको हो । सोही प्रकरणमा पक्राउ परेका लक्ष्मी महर्जन र टङ्क कुमार गुरुङलाई भने धरौटीमा छाड्न आदेश दिइएको छ । महर्जनसँग ५ लाख र गुरुङसँग १० लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

अदालतको आदेशपछि कारागार चलान हुनेमा रायमाझी, खाण, पाण्डे, टेकनाथ रिजाल, केशव दुलाल, इन्द्रजित राई, सानु भण्डारी रहेका छन् । त्यसैगरी आङटावा शेर्पा, सन्दीप रायमाझी, शमशेर मियाँ, सन्देश शर्मा, सागर राई, रामशरण केसी, हरिभक्त महर्जन, नरेन्द्र केसी र गोविन्द चौधरी पनि कारागार चलान भएका छन् । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ र फरार १२ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode