Techie IT
  • १९ असोज २०८१, शनिबार
  • काठमाडौं
Khoj Mission News

सुन खाएको आरोप लागेपछि सदस्यसचिव मिलनकुमार थापा यसरी रोए (हेर्नुहोस् तस्विरमा)


काठमाण्डौ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउदा सुन गायव गरेको भए आफु जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफुलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका हुन् ।

संसदीय समितिमा निकै भावुक भएर प्रस्तुत भएका सदस्य सचिव थापाले यस बिषयमा न्याय माग्न आत्म–हत्या गर्नुपर्ने हो भन्दै प्रश्नसमेत गरे । १० किलो सुनका कारण आफ्नो बेइज्जत भएको भन्दै सुन जोख्दा नपुगे मृत्युदण्ड भोग्न पनि तयार रहेको बताए ।

उनले राष्ट्र बैंकसंगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको दाबी गरेका छन् । पशुपतिमा सुनको जलहरी लगाउदा २४ घण्टा नेपाली सेना तैनाथ गरिएको उनले जानकारी दिए ।

अदालतबाट सुनको जलहरी हाल्न हुदैन भनेर प्रदेश सांसद नरोत्तम बैद्यले स्टे अर्डर ल्याएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको र उक्त १० किलो पशुपतिनाथ मन्दिरमा नै रहेको उनको दाबी छ । समितिले राष्ट्रिय गौरवको आयोजना पशुपति क्षेत्र विकास कोषको सम्पत्ती र यसको उपयोग सम्बन्धमा कोषका पदाधिकारीसंग छलफल गरेको थियो ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode