Techie IT
  • १६ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

सकियो ए डिभिजन लिग फुटबल : चर्च ब्वाइजको फड्को, एपीएफलाई धक्का


काठमाण्डौ । यस वर्षको सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सिजनको अन्तिम लिग खेलमा विजयी हुँदै थ्री स्टार क्लब रेलिगेशनमा पर्नबाट जोगिएको छ भने थ्री स्टारको जितले एपीएफ रेलिगेसनमा परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टारले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो । थ्री स्टारको जितमा कप्तान बिक्रम लामाले निर्णायक गोल गरे ।

अन्तिम खेल हारेको भए थ्री स्टार रेलिगेसनमा पर्ने थियो भने एपीएफ जोगिने थियो । तर थ्रीस्टारले अन्तिम मौका खेर फालेन । थ्री स्टारले २६ खेलमा ३२ अंक जोडेर नवौं स्थानमा उक्लिएको हो ।

ए डिभिजन लिग विजेटा चर्च ब्वाइज युनाइटेड

उता २०६२ सालबाट ’ए’ लिग खेलिरहेको एपीएफ पहिलो पटक ’बी’ डिभिजनमा घटुवा भएको हो । एपीएफ २६ खेलमा ३० अंक जोडेर १३ औं स्थानमा रह्यो ।

रेलिगेसनमा पर्ने अर्को टोलीमा खुमलटार क्लब रह्यो । जावलाखेलले हारबाट सिजनको अन्त्य गरे सिन २६ खेलमा ३७ अंक जोडेर चौंथो स्थानमा रहेर सिजनको अन्त्य गरेको छ ।

यस सिजनको उपाधी नवप्रवेशी क्लब चर्च ब्वाइज युटाइटेडले जितेको छ । उसले एक खेल अघि नै उपाधी आफ्नो पोल्टामा निश्चित गरेको थियो ।

यस्तो रह्यो अन्तिम अंक तालिका :
१, चर्च ब्वाइज युनाइटेड ४८ अंक (विजेता)
२, मछिन्द्र फुटबल क्लब ४५ अंक
३, नेपाल पुलिस क्लब ४१ अंक
४, जावलाखेल युथ क्लब ३७ अंक
५, सातदोबाटो युथ क्लब ३५ अंक
६, न्यू रोड टिम ३४ अंक
७, त्रिभुवन आर्मी फुटबल क्लब ३४ अंक
८, मनाङ मस्र्याङ्दी क्लब ३२ अंक
९, थ्रीस्टार क्लब ३२ अंक
१०, संकटा क्लब ३२ अंक
११, हिमालयन शेर्पा ३१ अंक
१२, फ्रेण्डस क्लब ३० अ‍ैक
१३, एपीएफ फुटबल क्लब ३० अंक (रेलिगेसनमा)
१४, खुमलटार फुटबल क्लब २७ अंक (रेलिगेसनमा)


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode