राष्ट्रहित विपरितका काम हुनै नदिने रवि लामिछानेको घोषणा
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रहित बिपरितका काम हुन नदिन संसदमा शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा रास्वपा अर्घाखाँची–काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै लामिछानेले संसदमा आफ्नो पार्टीको २१ जना सांसद भएपनि राष्ट्रहित बिपरितका काम हुन नदिन शसक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न प्रयाप्त भएको बताएका हुन् । उनले सरकारका राम्रा कामको समर्थन गर्दै देशहित बिपरितको कार्यलाई खवरदारी गरिररहने जिकिर गरे । लामिछानले रास्वपालाई जनताले दिएको म्याण्डेड कार्यान्वयन गर्न चौतर्फी रोक्ने काम भइरहेको बताए ।
कार्यक्रममा रास्वपाका सांसद डा स्वर्णीम वाग्लेले जनताको जनजिविका लगाएत सुशासनका मुद्धामा रास्वपाले आवश्यक पहलकदमी लिने बताए ।
वाग्लले अवसर आएको खण्डमा आगामी निर्वाचनमा यसअघिको निर्वाचन भन्दा पनि सानदार ढंगले जित निकाल्ने दाबी गरे ।
क्याटेगोरी : देश, प्रमुख समाचार
प्रतिक्रिया