भारतसँग भूमि साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा भूमी साट्ने प्रस्ताव नगरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा भारत भ्रमणका बारेमा जानकारी दिदै प्रधानमन्त्री दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा आफु प्रस्ट रहेको र त्यही अनुसार नै भूमिका खेलेको भन्दै उनले भूमी साट्ने कुनै पनि बिकल्पमा आफुले छलफल नगरेको स्पष्ट पारेका हुन् । प्रधानमन्त्री दाहालले आफुमाथिको आरोप राष्ट्र हितविपरीत रहेको पनि जिकिर गरे ।
केहि बुद्धिजीविले राखेको बंगलादेश मोडल आफुले राखेको बिषय नभएको समेत उनले प्रस्ष्ट पारे । प्रधानमन्त्री दाहालले नेपालको हितमा सकारत्मक प्रयास गर्ने भएको र यस पटकको भ्रमण कामकाजी भएको दावी गरे । त्यस्तै प्रधानमन्त्री दाहालले अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक यसअघिको जस्तै रहेको भन्दै विरोध गर्नुको कुनै अर्थ नरहेको बताए । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदाको अध्यादेशकै स्वरुपमा नै अहिलेको नागरिकता विधेयक आएको दाहालले बताए ।
दाहालले विधेयक प्रमाणीकरण गरेर संविधान ट्रयाकमा आएको दावी गरेका छन् । उनले सरकारले निर्णय गर्ने र अदालतले रोक्ने पीडा अहिलेको प्रतिपक्षी र सत्तापक्षले भोगको पीडा भएकाले अदालतमा पुगेको बिषयमा विवाद गर्न नहुने धारणा राखे ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया