Techie IT
  • १६ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Khoj Mission News

सांसदहरु रागोँमा केन्द्रित, प्रचण्डलाई हैरान


काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएका विभिन्न सहमतिमध्ये नेपाललाई भारतले उन्नत जातका १५ वटा रागोँ दिने सहमति पनि भएको थियो । प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिएको उल्लेख गरेको थियो । वास्तवमा यो कुनै ठूलो विषय थिएन । तर प्रधानमन्त्री दाहालको विरोध गर्ने नाममा भारतबाट भैँसी ल्याएको भन्दै खिसिट्युरी गरियो । यसको जवाफमा प्रधानमन्त्री दाहालले गुनासो गरेका थिए । सुरूमै संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले १५ राँगा भारतले दिने कुरा सात वर्षअघि नै उठेको उल्लेख गर्दै अहिले आफूलाई मानिसहरूले भैंसीमा चढाएको बताएका थिए ।

भारतले रागोँ दिएको विषयलाई सांसदहरुले भने बढि जान्ने भएर भैँसी बनाइदिए । अनि व्यङ्ग्यको नाममा मनलाग्दी बोल्न थाले । आफूलाई शैक्षिक अभियान्ता दाबी गर्ने रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई प्रतिप्रश्न सोध्ने क्रममा प्रधानमन्त्री पोखरा विमानस्थलमा उत्रिनुहुन्छ होला भन्ने आफूहरूको अपेक्षा भए पनि भैंसी चढेर आएको भनिदिए ।

जहाज नै चढेर आएका दाहाललाई भैँसी चढेर आएको भनिदिएपछि नेकपा माओवादी केन्द्रका सांसद किन चुप लागेर बस्थे र । प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाइहाले ।

विवाद बढ्दै गएपछि सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिए ।

सांसदले बोलेको भैँसी भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएपछि अरु सांसदहरु पनि चुप लाग्न सकेनन् । एमाले सांसद रघुजी पन्त र रास्वपा सांसद रवि लामिछानेले भैंसी चढेर आएको शब्द प्रधानमन्त्रीले नै पहिला बोलेकाले त्यसलाई हटाउनु पर्ने माग गरे ।

त्यसपछि सभामुख घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द जसले बोले पनि संसदको रेकर्डबाट हटाउन निर्देशन दिए ।

मुलुकमा अनेर्काैँ समस्या छन् । नागरिकलाई प्रत्यक्ष लाभ हुने कुनै काम भएको देखिदैन । तर तिनै नागरिकका प्रतिनिधिहरु भने सत्तापक्ष र प्रतिपक्षको नाममा एकअर्कामा आरोप प्रत्यारोप र खिल्ली उडाउने विषयमा रमाइरहेका छन् ।


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode