Techie IT
  • १५ मंसीर २०८०, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना प्रतिवादीविरुद्ध ५ वटा कसूर


काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । बुधबार अपरान्ह सरकारी वकिल कार्यालयले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको हो ।

नेपाल सरकारका सचिव टेक नारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगायतका हाई प्रोफाईल जोडिएको यस प्रकरणमा प्रतिवादी विरुद्ध ठगि,सरकारी कागजको किर्ते,संगठित अपराध,राष्ट्रहित विरुद्धको कसुर र एकीकृत कसुरमा मुद्धा दर्ता गरिएको छ । ५ कसुरमा दोषि ठहर भए प्रतिवादीहरुले अधिकतम सजाय भोग्ने निश्चित देखिन्छ ।

मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । फरार १६ जना विरुद्ध प्रकाउपुर्जी जारी गर्न कार्यालय अदालतमा अनुरोध समेत गरेको छ । ३० जना विरुद्ध १०० जना बढी पीडितले जिल्ला प्रहरी परिसरमा उजुरी दिएका थिए । करोडौं ठगि भएको प्रकरणमा २८ करोड ८१ लाख ७४ हजार ५०० बिगो माग गरिएको छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode