Techie IT
  • २१ कात्तिक २०८१, बुधबार
  • काठमाडौं
Khoj Mission News

नीति तथा कार्यक्रम नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो : केपी ओली


काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका छन् । शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारको नीति तथा कार्यक्रममा बहुबर्षिय योजनालाई समेट्न नसकेको र आगामी दिशा समेत देखाउन नसकेको भन्दै यसलाई समर्थन गर्न नसकिने बताएका हुन् ।

नीति तथा कार्यक्रममा समावेश बिषयहरुलाई हेर्दा नजान्ने विद्यार्थीले चिट चोरेको जस्तो देखिएको उनले टिप्पणी गरे । उनले अहिले अर्थतन्त्र संकटतर्फ गइरहेको भन्दै सुधारका केहि संकेतहरु पनि सन्तोषजनक नरहेको बताए । सरकारको कार्यक्रममा संकटमा परेको उद्योगधन्दालाई बिकास गर्ने बिषय नभएको, आत्मनिभर्रता तर्फ कुनै योजना नरहेको, मुलुकको आर्थिक नीति नै समावेश नगरिएको उनले बताए ।

अहिले संघीयताप्रति गम्भीर प्रश्न उठेका बेला यसलाई सवलीकरण गर्ने बिषय समावेश नभएको ओलीको जिकिर छ । अहिलको अवस्थामा खर्च घटाउने भनेपनि कसरी घटाउने भन्ने बिषय पनि कार्यक्रममा नभएको उनको भनाइ छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode