Techie IT
  • २७ माघ २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

कोन्ज्योसोमवासीको माग : आन्तरिक उत्पादन लाई ब्रान्डीङ गरौँ

स्थानीयका गुनासाहरु वास्तवमै सुनवाई सहित कार्यन्वयन होलान् त ?


कर्मचारीहरुलाई सुविधा नै सुविधा,उपभोक्ता समिति गठन गर्दा आफु निकटकाहरुलाई मात्र प्राथमिकता,विपद कोषमा कति पैसा छ ? जुवा तासले गाउँ नै बद्नाम हुदै गर्दा किन रोक्न नसकेको ? शैक्षिक स्तर दिनहुँ किन खस्कीदै गईरहेको छ’कोञ्ज्योसोम गाउँपालिकाका अनुप घिमिरेले गुनासो राखे । कोञ्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०७९\८० को चैत्र मसान्त सम्म सम्पादन गरेको कार्यहरु तथा सेवा प्रवाहको प्रभावकारीता विषयमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा आफना गुनासा राख्दै घिमिरेले गाउँपालिकाले प्रवाह गर्ने सेवा जनतामुखी हुनुपर्ने बताए ।

कोञ्ज्योसोम गाउँपालिका ५ का राजेन्द्र मोक्तानले आफुहरुको वडामा ५ महिना देखि सचिव नहुँदा दुख पाएको भन्दै के यही हो गाउँ गाउँमा सिहदरवार आएको भन्दै आक्रोश सहित प्रश्न गरे । उनले भने लेले चन्दनपुर सडक निमार्णका लागि गाउँपालिका बाट बजेट विनियोजन भएको भन्ने सुनिएको छ किन काम सुरु हुन सकेन मोक्तानले भने । यस्तै अर्का स्थानिय महेश लामाले योजना बनाउदाँ गाउँ गाउँमा जनता विच पुगेर योजना बनाउने हो वा होटल होटलमा गएर योजना बनाउने हो भन्दै प्रश्न गरे । यस्तै वडा नम्बर ५ का सुनिल बम तामाङले प्रहरी प्रशासनले शान्ती सुरक्षाको अनभुती दिन नसकेको भन्दै गुनासो राखे ।

वडा नम्बर ५ का डोल्मा लामाले शैक्षिक अवस्था भद्रगोल बनेर विद्याथीहरु विद्यालय बाहिर रहदाँ समेत वडा र गाउँपालिका रमिते बनेको यस्तै कक्षा ११ र १२ पनि सन्चालनमा ल्याउन गाउँपालिकाले चासो नदेखाएको बाल विवाह खै रोकेको ? विपत घटेको कति घन्टामा राहत मिल्छ अध्यक्ष ज्यु एम्मुलेन्स खै भन्दै गुनासो पोखिन । यस्तै वडा नम्बर २ का रत्न कुमार घिसिङले खोलामा करेन्ट लागयएर माछा मार्न कार्य हुदाँ प्रहरी प्रशासन कहाँ छ भन्दै प्रश्न गरे । उनले भने कि घरेलु मदिरा उत्पादन गर्न नै बन्द गरौ कि घरेलु मदिरा लाई वैधानीक बनाउन माग गदै गुनासो राखे ।

यस्तै गाउँपालिका भित्रका सार्वजनिक जग्गाहरुको अवस्था के छ कसले प्रयोग गरिरहेको छ , गाउँपालिकाको भवन सम्म आउने बाटो हेर्दा नै लाजमर्दा अवस्था छ , करारमा आफना आफन्तहरु कुन कानुनमा टेकेर नियुक्ती गरियो , यातायातको अवस्था भद्रगोल हुदाँ गाउँपालिका किन मौन ? कर्मचारीहरुको विद्युतिय हाजिरको ब्यवस्था किन नगरेको ? नल्लुमा अवैद्ध खानी वडा अध्यक्ष नै चलाएको जुन दर्ता नै नभएको भन्ने सुनिएको छ वास्तविकता के हो,लगायतका प्रश्नै प्रश्न गर्दै थिए मंगलबार कोञ्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को चैत्र मसान्त सम्म सम्पादन गरेको कार्यहरु तथा सेवा प्रवाहको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा कोञ्ज्योसोममा स्थानियहरु ।

सुशासन व्यवस्थापन तथा सन्चालन ऐन बमोजिम गाउँपालिकाका ५ वटै वडामा समेत सार्वजनिक सुनुवाई सन्चालन गरेको गाउँपालिकाले मंगलबार गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । स्थानियले उठाएका प्रश्नको एक एक जवाफ दिदै गाउँपालिका प्रमुख कृष्णमान लामाले विषयगत शाखाका प्रमुख, वडाँ अध्यक्ष , सदस्यहरु लगायत जिम्मेवार सबैले स्थानियका समस्या समाधानका लागि प्रतिवद्धरहेको बताउदै सबैको सल्लाह सुझाव अनुसार नै गाउँपालिका अघि बढ्ने जानकारी दिए । यस्तै वडा वडामा गरिएको सर्भेक्षणले पनि स्थानियका संमस्याका विषयमा स्थानिय सरकार गम्भीर नदेखीएको तथ्याङकमा उल्लेखीत छ । कोञ्ज्योसोम गाउँपालिकाले स्थानियका गुनासाहरु वास्तवमै सुनवाई सहित कार्यन्वयन गर्छ वा कार्यक्रमका लागि मात्र कार्यक्रमको आयोजना गर्दै कर्मकाण्डी प्रकिृया मात्र पुराएको हो त्यो भने पर्ख र हेरेको अवस्थामा रहेको छ ।

 


क्याटेगोरी : अड्डामा खोज मिसन, जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode