Techie IT
  • २१ असोज २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

बालकृष्ण खाँणलाई कारबाही गर्न नपर्ने कांग्रेसको निष्कर्ष, बैठकमा विवाद


काठमाण्डौ । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि पूर्ण रुपमा सहयोग गर्ने जनाएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले तठस्थ भएर निष्पक्ष अनुसन्धानका लागि नक्कली भुटानी शरणार्थी प्रकरण सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले यस प्रकरणका बिषयमा अदालतले गर्ने निर्णयलाई आधार मानेर आगामी दिनमा आवश्यक निर्णय गर्ने भन्दै अहिले नै बालकृष्ण खाँणलाई कारवाही गर्ने कुनै निर्णय नभएको बताए ।

‘केही कुरा उठेको छ । तर कुनै पनि कुरामा निष्कर्षमा पुगेका छैनौं’, उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा भने ।

सहमहामन्त्री परियारले खाँण अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने पनि बताए । गगन–शेखर समुहका परियारले तत्काल कारबाही गर्न आवश्यक नरहेको बताए पनि बैठकमा भने यस विषयमा विवाद भएको थियो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताले निलम्बन गर्नुपर्नेमा जोड दिएका थिए भने संस्थापन पक्षले प्रतिवाद गरेको थियो ।

उनले अनुसन्धानको दायरामा जो सुकै पनि आउन सक्ने बताए । यस प्रकरणका बिषयमा सत्ता गठबन्धनलाई कुनै असर नपर्ने उनको भनाइ छ । त्यस्तै बैठकमा नागरिकता बिधेयकलाई प्रमाणिकरण गर्नका लागि वातावरण बनाउने बिषयमा छलफल भएको छ ।

बैठकले नीति अधिवेशन गर्नुभन्दा अघि भातृसंगठनलाई पूर्णता दिने बिषयमा पनि छलफल भएको छ ।

तस्विर : बैठकस्थल (नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास)


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode