Techie IT
  • ११ असार २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु, अनुसन्धानमा सहयोग गर्न रायमाझीलाई सुझाब


काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा बसेको बैठकको पहिलो दिन बिहीबार संक्षिप्त मन्तव्यसहित अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षा भएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । जसअन्तर्गत सुदूरपश्चिमको संयोजक लेखराज भट्टले, कर्णालीको सचिव योगेश भट्टराईले, कोशी प्रदेशको राजेन्द्र गौतमले रिपोर्ट प्रस्तुत गरेका छन् । अन्य प्रदेशको रिपोर्ट शुक्रबार पेश हुने छ ।

बैठकले सचिवालय बैठकले गरेको निर्णयहरु अनुमोदन गरेको, केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष अमृत बोहराले सल्लाह सुझाव दिएको, अनुशासन आयोगका अध्यक्ष केशव बडालले सुझाव दिएको र लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले पनि आर्थिक प्रणालीको बारे जानकारी गराएका थिए । केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष विजय सुब्बाले आयोगले गरेको कामकारवाहीका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै गुरुङले पुर्जी जारी भएपछि सचिव टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको प्रष्ट पारेको भन्दै राज्यले गर्ने छानविन र अनुसन्धानमा सहयोग गर्नुपर्नेमा एमालेको जोड रहेको बताए ।

बैठकका तस्विरहरु :


क्याटेगोरी : देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode