Techie IT
  • १५ मंसीर २०८०, शुक्रबार
  • काठमाडौं
Khoj Mission News

लडाकु शिविरको भ्रष्टाचार छानबिन गर्न अख्तियारलाई केपी ओलीको आग्रह


काठमाण्डौ । नेकपा एमालेमा अध्यक्ष केपी ओलीले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । आजदेखि सुरु केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले राज्यको ढुकुटी अनुचित ढंगले छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार नै भएको भन्दै छानबिन गर्नुपर्ने बताएका हुन् ।

त्यसैगरी अहिले फेरी अयोग्य लडाकुलाई दुई लाखका दरले दिन खोजिएको आरोप लगाउँदै ओलीले विरोध गरेका छन् ।

ओलीले स्वतन्त्र सांसद अमरेशकुमार सिंहको पनि बचाउ गरेका छन् । सिंहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेकोप्रति ओलीले असन्तुष्टी व्यक्त गरेका हुन् । सरकारको विरोधमा बोल्नसाथ सिंहविरुद्ध अख्तियारमा उजुरी गएको उनको भनाइ छ ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode