बालकृष्ण खाँण पक्राउ परेपछि प्रचण्ड, देउवा र ओलीबीच के कुरा भयो ?
काठमाण्डौ । तीन ठूला दलका शीर्ष नेताहरुले नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविनमा पूर्ण रुपमा सहयोग गर्ने जनाएका छन् । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबीच निर्दोष नफस्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बिषयमा छलफल भएको हो । छलफलपछि प्रधानमन्त्री प्रचण्डले पछिल्लो घटनाबारे दोषी कोही नउम्कियोस र निर्दोष कोही नपरोस् भन्नेमा एकमत रहेको बताए । उनले प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ भन्ने कुरामात्र भएको जानकारी दिए ।
त्यस्तै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको बाटोमा अघि बढेको भन्दै राष्ट्रको अपमान गर्ने र स्वाभिमान गिराउने जोसुकै बिरुद्ध कडा कारवाही हुने स्पष्ट पारे । उनले केहिदिन अघि केपी ओलीसंग भएको भेटमा पनि नक्कली भूटानी शरणार्थी प्रकरणमा छानविनका लागि सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको बताए ।
क्याटेगोरी : प्रमुख समाचार
प्रतिक्रिया