Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

प्रधानन्यायधीशका लागि हरिकृष्ण कार्की सिफारिस


काठमाण्डौ । सिंहदरबारमा बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ ।

परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि नियुक्त हुने व्यवस्था छ । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लागेपछि उनी निलम्बनमा परेका थिए । त्यसपछि कार्की कामु प्रधानन्यायाधीश बनेका थिए । रोलक्रममा पहिलो स्थानमा रहेका कार्कीलाई नै परिषदले सिफारिस गरेको हो ।

हरिकृष्ण कार्की

बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode