बालेनले ल्याए महानगरको नयाँ एप, मेयरसँग समय लिनेलगायत यस्ता छन सुविधा

काठमाडौं । महानगरवासीलाई डिजिटल सेवा दिने उदेश्य सहित काठमान्डौ महानगरपालिकाले नयाँ एप्स संन्चालनमा ल्याएको छ । एपबाट मेयर शाहसँग भेट्नका लागि समय समेत लिन सकिनेछ। सेवाप्रवाहलाइ होम डेलिभरी गर्ने नीति अनुरूप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसी एप लन्च गरेको महानगरका मेयर बालेन शाहले जानकारी दिए ।
एप्लिकेसनमार्फत ३० भन्दा बढी सिफारिस, अनलाइन राजस्व, डिजिटल नागरिक वडापत्र, जनगुनासो, स्मार्ट कर लगायतका सेवाहरु प्रवाह हुनेछन । यस्तै एपमा अनलाइनबाटै सम्पत्ति कर, भूमि तथा मालपोत कर, व्य वसाय कर जस्ता विभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको महानगरले जनाएको छ ।
यस्ता छन् सेवाहरु
३० भन्दा बढी प्रकारका सिफारिसहरू
अनलाइन राजस्व
नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट
च्याटबट
महानगरको बारेमा विभिन्न सूचना तथा समाचारहरू
विभागगत कार्यविवरण सहितको डिजिटल नागरिक वडापत्र
हेल्लो मेयर
जनगुनासो
स्मार्टकर
प्रकाशित राजपत्रहरू
पर्यटकीय स्थलहरू
आकस्मिक सेवाहरु
नागरिकता सम्बन्धी सिफारिस,
घरबाटो सिफारिस, कित्ताकाट सिफारिस
जग्गा मूल्यांकन सिफारिस
घरधनी प्रमाणपुर्जाको प्रतिलिपि
घर कायम सिफारिस
सम्पत्ति कर चुक्ता सिफारिस
अस्थायी बसोबास सिफारिस
स्थायी बसोबास सिफारिस
विद्युत जडान सिफारिस
धारा जडान सिफारिस
आन्तरिक बसाइँसराइ सिफारिस
कोठा खाली गर्ने सिफारिस
जन्म मिति प्रमाणित
अविवाहित प्रमाणित
नामथर फरक सिफारिस
बैंक खाता बन्द गर्ने सिफारिस
अदालत शुल्क मिनाहा सिफारिस
व्यवसाय बन्द सिफारिस
संस्था दर्ता सिफारिस
छात्रवृत्ति सिफारिस
अपांग सिफारिस
विपन्न नागरिक औषधी उपचार सिफारिस
व्यवसाय स्थानान्तरण सिफारिस
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया