Techie IT
  • १३ मंसीर २०८०, बुधबार
  • काठमाडौं
Khoj Mission News

पार्टीभित्रको लडाईमा हार खाँदै गगन थापाले भने–अब त अति भयो


काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सुधारका लागि गरेको प्रयास असफल भएको भन्दै तीब्र असन्तुष्टी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टी संस्थापनले आफ्ना कुरा नसुनेको गुनासो गरेका हुन् । निकै निराश धारणा राखेका थापाले पार्टीभित्रको लडाईमा हार खाएको संकेत गरेका हुन् । पार्टी संचालनको प्रक्रिया, पद्वति र निर्णयहरु मन नपरे पनि केही गर्न नसकेको भन्दै निराशा व्यक्त गरेका छन् ।

यस्तो छ गगन थापाको स्टाटस

‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ । तर, हरेक पटक सोचें, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहें त कहिले भित्रै आफ्ना मत र अडान राखें, लडें, साथीहरूलाई सम्झाएँ । तर, अब त अति भयो !’


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode