Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

नवनियुक्त मन्त्री आचार्यले लिए शपथ,महिन्द्र राय यादव खानेपानीमा


काठमाडौँ । नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पदभार ग्रहण गरेका छन् । आइतबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्री आचार्यलाई शपथ खुवाएका थिए । शपथ लगत्तै उनी सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

कांग्रेसले अहिलेको सरकारमा ९ जना मन्त्री पठाएको छ। यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको मन्त्रालय भने फेरिएको छ। उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो।

 


क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode