ट्याक्सी व्यवसायी आन्दोलित,किन बाध्य भए सडकमा आउन ?

ललितपुर । काठमाडौं महनागरपालिकाले सडक किनारमा पार्किङ गर्न नदिएपछि ट्याक्सी व्यवयसायीहरु आन्दोलित भएका छन् । व्यवसायीहरु आफैंले पार्किङ बोर्ड राखेर ट्याक्सी पार्किङ गरेर विरोध जनाएका छन् । गौशालादेखि पुतलीसडकसम्म कहीँ पनि स्ट्याण्ड नभएको उनीहरूको गुनासो छ ।
भएको स्ट्याण्ड पनि महानगरले हटाइदिएको र कहीँ मान्छे चढाउन ओराल्न खोज्दा पनि ट्राफिक प्रहरीले कारबाही गर्ने गरेकाले विरोध जनाएको उनीहरूले बताएका छन् ।यसअघि काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाएकोमा सुनुवाइ नभए पछि विरोधमा उत्रन बाध्य भएको चालकहरूको भनाई छ
क्याटेगोरी : जनगुनासो, देश, प्रमुख समाचार
प्रतिक्रिया