Techie IT
  • २९ पुस २०८१, सोमबार
  • काठमाडौं
Khoj Mission News

हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु


संखुवासभा । संखुवासभामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । घाइते स्थानीय भविन्द्र गुरुङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेशनाथ बास्तोलाले जानकारी दिए । गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेलसहित चार जनालाई उपचारका लागि काठमाडौैं ल्याइएको संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

घाइते हुनेमा कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर रहेका छन् । सिम्रिक एयरको हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएको थियो । बिहीबार संखुवासभामै पार्क रहेको उक्त हेलिकोप्टर आज अपर अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर निर्माणस्थल जाँदै थियो । हेलिकोप्टर दिउँसो १ बजेबाट एयर ट्राफिकसँग सम्पर्क टुटेको थियो । त्यसको केही समयपछि भोटखोला गाउँपालिका ४ सिब्रुङमा दुर्घटनामा परेको थियो ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode