Techie IT
  • ४ फागुन २०८१, आईतबार
  • काठमाडौं
Khoj Mission News

शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुनुपर्छ : नेपाली कांग्रेस


काठमाण्डौ । नेपाली कांग्रेसले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर गरिएको ठगीमा संलग्न जो सुकैलाई कारबाही गर्नुपर्ने बताएको छ । पार्टी पदाधिकारी बैठकपछि प्रतिक्रिया दिदै महामन्त्री विश्वप्रकाश शर्माले उक्त प्रकरणमा संलग्न जो भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताएका हुन् ।

शर्माले राजनीतिमा काम गर्दा राजनीति चुप बस्नुपर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘राजनीतिले काम गर्दा कानुनले खबरदारी गर्न सक्छ । तर कानुनले काम गरेको बेला राजनीति चुप बस्नुपर्छ । मेरो दल, मेरो नेता भक्न्न पाइन्नँ ।’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

यो अमुक दल वा नेताको विषय नभएको भन्दै उनले सम्बन्धित निकायले छानबिन गर्ने बताए । यो बेला राजनीतिक दलहरुले निर्दोष नपरुन, दोषीलाई कानुनी कारबाही गर्नुपर्छ भनेर मात्र भन्नुपर्ने महामन्त्री शर्माले बताए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणको पनि शरणार्थी प्रकरणमा नाम जोडिएपछि कांग्रेसले आन्तरित छलफल सुरु गरेको छ ।

बैठकले भ्रातृ संगठन र पार्टीका विभागहरुलाई केन्द्रीय कार्य समिति बैठकमार्फत पूर्णता दिने निर्णय गरेको छ । भ्रातृ संगठन र पार्टीका विभागलाई पूर्णता दिनका लागि आन्तरिक गृहकार्य गर्ने र बैंशाख २८–२९ गते बस्ने केन्द्रीय कार्य समिति बैठकबाट पूर्णता दिने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

भ्रातृ संगठन र पार्टीका विभागहरुलाई पूर्णता दिनका लागि सूची तयार भइरहेको र आवश्यक सुझाव लिइने उनले बताए । महतले भातृसंगठनहरुको आकार केहि बढ्न सक्ने उल्लेख गरे । उनले नक्कली शरणार्थी प्रकरणमा गम्भीर भएको भन्दै संलग्नलाई आवश्यक कारवाही गर्नका लागि कांग्रेसले सघाउने बताए ।

अर्थमन्त्री समेत रहनुभएका महतले अपराधिक क्रियाकलापका सहभागीलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याउनुपर्ने भन्दै गैर कानूनी क्रियाकलाप गर्नेलाई राज्यले संरक्षण गर्न नसक्ने स्पष्ट पारेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode